उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

हिमाल प्रेस २४ चैत २०८० ६:४६
8
SHARES
उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ- आगामी वैशाख-१५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन्।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो।

प्रकाशित: २४ चैत २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =