‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन

हिमाल प्रेस २३ चैत २०८० ११:१६
6
SHARES
‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह हासिरहेका छन्।

अर्को पोस्टरमा तीनै जना  चौतारामा बसेर भलाकुसारी गरिरहेका छन्। पल गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्।

फिल्ममा कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतकोअभिनय छ।

दिनेश राउतले निर्देशन गर्ने फिल्म नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ। फिल्म जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित छ।

विकास सुवेदीले लेखन रहेको फिल्म संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्म सुप्रिम पराजुलीको सम्पादन रहिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको छ।

प्रकाशित: २३ चैत २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =