भारतीय सहयोगमा बनेको शारदा माविको भवन उद्घाटन

हिमाल प्रेस २२ चैत २०८० २०:०९
42
SHARES
भारतीय सहयोगमा बनेको शारदा माविको भवन उद्घाटन

काठमाडौँ- खोटाङको रावा बेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको बिहीबार उद्घाटन गरिएको छ।

भवनको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

सो भवन भारत सरकारले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड ६१ लाख रूपैयाँ आर्थिक सहयोगमा बनेको हो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् भने ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्।

प्रकाशित: २२ चैत २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =