कास्कीको भदौरेमा जिप दुर्घटना, २ जनाको मृत्यु, १० घाइते

हिमाल प्रेस १८ चैत २०८० १८:०५
78
SHARES
कास्कीको भदौरेमा जिप दुर्घटना, २ जनाको मृत्यु, १० घाइते दुर्घटनाग्रस्त सवारी

पोखरा– कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० घाइते छन्।  पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल कालिकागणका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो। घाइतेको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।

जिप भदौरे देउराली नजिकै पुग्न लाग्दा थामडाँडा घुम्तीबाट करिब २ सय मिटर तल खसेर टुक्राटुक्रा भएको छ। स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिपमा थप यात्रु समेत हुने सक्ने आशंका दुर्घटनास्थलमा खोजी गरिरहेको छ।

कास्की जिप दुर्घटना : मृतकको खुल्यो पहिचान

प्रकाशित: १८ चैत २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =