कास्की जिप दुर्घटना : मृतकको खुल्यो पहिचान

हिमाल प्रेस १८ चैत २०८० १९:४०
98
SHARES
कास्की जिप दुर्घटना : मृतकको खुल्यो पहिचान

पोखरा- कास्कीको भदौरेमा भएको जिप दुर्घटनामा मृतक दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। उनीहरू दुवै जना पोखरा-२३, पामे निवासी हुन्।

पोखराबाट अन्नपूर्ण गाउँपालिका-४, भदौरे देउराली जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप आइतबार दिउँसो करिब ४ बजे दुर्घटना भएको थियो। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरूमध्ये ६ जनाको मणिपाल शिक्षण अस्पताल र चार जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

जिप भदौरे देउराली नजिकै पुग्न लाग्दा थामडाँडा घुम्तीबाट करिब २ सय मिटर तल खसेर टुक्राटुक्रा भएको छ। स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए।

प्रकाशित: १८ चैत २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =