लुम्बिनीमा विराटचक्र विज्ञान ध्यान शिविर सुरु

हिमाल प्रेस १७ चैत २०८० १३:३०
6
SHARES
लुम्बिनीमा विराटचक्र विज्ञान ध्यान शिविर सुरु

लुम्बिनी- ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित शनिबारदेखि लुम्बिनीमा चक्रविज्ञान ध्यान शिविर सुरु भएको छ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शिववर सुरु भएको हो। नेपाल सहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थिति रहेको छ। ५ हजार जना क्षमताको हलमा सुरु विराट चक्रविज्ञान तथा ध्यान चैत २३ गतेसम्म सञ्चालन हुनेछ।

भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व-जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको प्रतष्ठानका मानव विकास विशेषज्ञ एलपी भानु शर्माले बताए।

नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेकाले विराट चक्रविज्ञान ध्यानले सहयोग गर्ने बताए।
चक्रविज्ञान साधनामा रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्म्बिनी विकास कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराई, प्रदेशका सासद, जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ।

भगवान गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराइएको पहिलो पटक हो। व्यक्ति भित्र नैशर्गिाक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गरिएको छ।

शिविरबाट विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रूपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ।

एकै पटक ५ हजार मानिसहरू एकै थलोमा राखेर ध्यान गरिएकाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने प्रतषठान लुम्बिनीका संयोजक केशव खनालले बताए। यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको आयोजकले जनाएका छन्।

शिविरमा जनप्रतिनिधि, राजनितिज्ञ, कर्मचारी, पत्रकार, चिकित्सक एव देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुको सहभागिता रहेको छ।

प्रकाशित: १७ चैत २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =