बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा जाने फोहोरको परिमाणबारे सहरीमन्त्रीको चासो

हिमाल प्रेस १५ चैत २०८० ८:०४
54
SHARES
बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा जाने फोहोरको परिमाणबारे सहरीमन्त्रीको चासो

काठमाडौँ- सहरी विकास मन्त्री धनबहादुर बुढाले बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा जाने फोहोरको परिमाण कम गर्ने गरी स्थानीय तहसँग समन्वय गर्ने बताएका छन्।

सिंहदरबार स्थित सहरी विकास मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री बुढाले बञ्चरे डाँडामा फोहोर बिर्सजन गरिरहेका सबै स्थानीय तहहरूलाई यथाशिघ्र फोहोरमैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहोरको परिमाण कम गर्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना समेत कार्यान्वयन गर्ने निर्णय गरेको छ। जसअन्तर्गत अल्पकालीन कार्ययोजनामा सहरी विकास मन्त्रालयले खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र ललिपतपुर महानगरपालिकासँग आवश्यक समन्वय गर्नेछ।

ल्याण्डफिल साइटमा फोहोर मैलाको व्यवस्थापनका लागि तोकेको मापदण्ड बमोजिम आवश्यक पर्ने उपयुक्त प्रविधि तथा उपकरण यकिन गरी स्थानीय तहमार्फत् खरिद प्रक्रिया अघि बढाउन सहरी विकास मन्त्रालयले आवश्यक सहजीकरण गर्ने निर्णय भएको मन्त्री बुढाले बताए।

बैठकले दीर्घकालीन कार्ययोजना अन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता प्रदान गर्न सहरी विकास मन्त्रालयमार्फत अन्य संघीय मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

बैठकले बञ्चरे डाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले प्रस्ताव गरेको सबै संघर्षका कार्यक्रम तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ।

प्रकाशित: १५ चैत २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =