‘सलीना’को ट्रेलर : धर्तीलाई संकटबाट बचाउन युद्धरत राजकुमारीको कथा

हिमाल प्रेस १३ चैत २०८० ११:४२
296
SHARES
‘सलीना’को ट्रेलर : धर्तीलाई संकटबाट बचाउन युद्धरत राजकुमारीको कथा

काठमाडौँ- नेपाली एनिमेटेड फिल्म ‘सलीनाः योद्धा राजकुमारी’ को ट्रेलर सार्वजनिक भएको छ। चैत १६ गते प्रदर्शन हुने हुने फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दुई मिनेट ३१ सेकेन्डको ट्रेलरमा धर्तीमा संकट आइलाग्दा बचाउन संघर्षरत बहादुरी राजकुमारीकाे कथा देखाइएकाे छ। सलीना अन्यपात्रसँग मिलेर राक्षसनी सँगयुद्ध ‍गरिरहेकी छन्।

तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा उनकै कथा र संवाद छ। राजकुमारीको कथामा आधारित फिल्ममा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारमा छन्।

निर्देशक जोशीसहित कृष्णा राजकर्णीकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुँइकेल, झरना राई, सुशील नेपाल, देव न्यौपानेलगायत कलाकारले फिल्मको स्वरांकन गरेका छन्।

नेपालमा बनेको पहिलो एनिमेटेड फिल्म बनेको निर्माण टिमको दाबी छ। फिल्म नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा पनि प्रदर्शन हुनेछ। फिल्म शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन्।

निर्देशक जोशी र श्रुति श्रेष्ठ निर्माता रहेको फिल्म रेन मेकर एनिमेसन एकेडेमीको ब्यानरमा बनेको छ।

यस्ताे छ ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =