वर्षमा ३० लाख बढीको आँखा जाँच

हिमाल प्रेस १२ चैत २०८० २१:५४
8
SHARES
वर्षमा ३० लाख बढीको आँखा जाँच

काठमाडौँ- नेपाल नेत्रज्योति संघले  देशैभर रहेका आफ्ना आँखा अस्पताल र  उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।

सन् २०२३ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३३ लाख ६ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाकाे शल्यक्रिया गरेको थियो। संघको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले  सेवा प्राप्त गरेका थिए।

संघका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म संघले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६  आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको  जानकारी दिए।

उनले संघले आँखाकाे उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिए। उनका अनुसार संघद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो। संघले २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ।

प्रकाशित: १२ चैत २०८० २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =