एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस ११ चैत २०८० ७:१२
2
SHARE
एमालेको सचिवालय बैठक बस्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।

एमाले सचिवालय बैठक साढे ११ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।

यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) का रूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ।

इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।

त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्। इलाम-२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ-१ मा तीन जनाको नाम सिफारिस भएको छ।

तीन नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ।

प्रकाशित: ११ चैत २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =