सरकारले भन्यो : गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्दैन

हिमाल प्रेस ९ चैत २०८० १६:१८
48
SHARES
सरकारले भन्यो : गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्दैन फाइल तस्बिर।

काठमाडौँ- सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ। मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा उठान भएका विषयलाई लिएर संसदीय छानबिन समिति नबन्ने बताएकी हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ। शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन्। ‘सैद्धान्तिक रूपमा संसदीय समिति हुँदैहुँदैन भन्ने होइन। कुनै विषयमा बन्न सक्छन्। त्यो आवश्यक छ कि छैन, यो विषय संसदीय छानबिन समिति बनाएर गर्नुपर्ने हो कि होइन भन्ने विषयमा सरकारले त्यस्तो आवश्यकता देखेको छैन,’ उनले भनिन्। यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने उनले बताइन्।

प्रकाशित: ९ चैत २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =