इलाम साहित्य महोत्सव चैत १६ देखि, यस्ता छन् वक्ता र कार्यक्रम

हिमाल प्रेस ८ चैत २०८० ७:३५
20
SHARES
इलाम साहित्य महोत्सव चैत १६ देखि, यस्ता छन् वक्ता र कार्यक्रम

इलाम- इलाममा यही चैत १६ र १७ गते इलाम साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुनलागेको हो ।

प्रतिष्ठान संयोजक प्रकाश थाम्सुहाङका अनुसार महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् । पहिलो दिनको सम्भाषण पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको रहने छ ।

त्यसपछि ‘संघीयता यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ । ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ ।

‘मिथकदेखि मिथकसम्म’ विषयमा डा. अरुण गुप्ता र राजन मुकारुङ, ‘आख्यान : अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस हुनेछ भने ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ ।

‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ। ‘चारखोलका रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ ।

चैत १७ मा ‘कविताका स्वर’शीर्षकमा गद्य कविता वाचन गरिनेछन् । यी कवितामा डा.तुलसी गौतमले टिप्पणी गर्नेछन्। ‘छन्द सुगन्ध’ शीर्षकमा कवितावाचन पनि यसै दिन राखिनेछ । ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच भलाकुसारी हुनेछ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस चल्नेछ ।

अभि सुवेदीसँग ‘उमेरको कथा’ विषयमा दीपक सापकोटाले कुराकानी गर्दा ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस चल्नेछ ।

‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुंगेलीले कुराकानी गर्नेछन् । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार ९कर्नाटक० र डा.अस्मिता विष्टबीच बहस हुनेछ ।

‘कस्तो राजनीति’ शीर्षकमा डा।सिके राउत, प्रदीप ज्ञवाली, विश्वप्रकाश शर्माबीच बहस हुनेछ। र, गजल साँझसँगै महोत्सव समापन हुने आयोजकले जनाएको छ । पालिका पेजबाट

प्रकाशित: ८ चैत २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =