अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’

हिमाल प्रेस ७ चैत २०८० १३:१०
अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’

काठमाडौँ– एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेको छ। ‘एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो।

धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक सञ्जालका प्रभावकर्ता सहभागी गराएको हो।

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ ईभीको ‘इन्डुरेन्स’ गरिएको पारामाउन्ट मोटर्सले जनाएको छ। त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, ह्विल असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ ईभीको परीक्षण गरेका थिए।

ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका लिएको पारामाउन्ट मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ चैत २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =