प्रधानमन्त्रीले गृहमन्त्रीका बारेमा झुट बोलेका छन् : डा. कोइराला

हिमाल प्रेस ६ चैत २०८० १७:२०
22
SHARES
प्रधानमन्त्रीले गृहमन्त्रीका बारेमा झुट बोलेका छन् : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ झुटो भएको बताएका छन्। संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसद्‌‌‍मा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताएका हुन्।

कोइरालाले आफूमाथि प्रश्नचिह्न खडा भए पनि गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे। उनले भने, ‘छानबिन समितिको मागमा कांग्रेस अडिग छ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गर्दै गृहमन्त्रीविरुद्ध ठाडो उजुरी परेकाले छानबिन आवश्यक नरहेको भन्दै उनको बचाउ गरेका थिए। प्रतिपक्षी कांग्रेसले लामिछानेका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =