महालक्ष्मी विकास बैंकको दुईदिने सेमिनार

हिमाल प्रेस ५ चैत २०८० १२:२३
महालक्ष्मी विकास बैंकको दुईदिने सेमिनार

काठमाडौँ- महालक्ष्मी विकास बैंकले हालै चितवनको सौराहामा ‘नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक सेमिनार सम्पन्न गरेको छ।

दुई दिनसम्म चलेको समिनारमा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थिति थियो।

सेमिनारमा अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकता बीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको बैंकले जनाएकोछ। बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामूहिक प्रयत्न आवश्यक रहने निचोड समिनारले निकालेको छ।

प्रकाशित: ५ चैत २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =