कोका-कोलाले बनायो ‘द लार्जेस्ट मम पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

हिमाल प्रेस ४ चैत २०८० १५:०८
कोका-कोलाले बनायो ‘द लार्जेस्ट मम पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ- कोका-कोलाले नेपालमा ‘द लार्जेस्ट मम पार्टी’ आयोजना गरेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। काठमाडौँको बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा शुक्रबार ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणका एउटा भागका रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ आयोजना गरिएको हो।

यसबाट नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम भई अविस्मरणीय अनुभव गरिएको कोका-कोला नेपालले जनाएको छ। समारोहमा ५०० जनाभन्दा बढी सहभागीका थिए। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मम खान दिइएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षी पनि कार्यक्रममा उपस्थित थिए।

लगभग १५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोका-कोलासँगै स्वादिष्ट ममको स्वाद लिएका थिए। कोका-कोला नेपालले यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको विश्वास गरेको छ।

कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व गरेकी थिइन्। ‘कोका-कोला र मम नेपालीलाई साँच्चै मनपर्छ। यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ। परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो’, उनले भनेकी छन्।

प्रकाशित: ४ चैत २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =