सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ

हिमाल प्रेस २ चैत २०८० १८:५३
72
SHARES
सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ दिपेश पुन

काठमाडौँ-  सुन तस्करी प्रकरणमा मुछिएका दिपेश पुन पक्राउ परेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरासमेत रहेका दिपेशलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो।

उनलाई धापासीबाट पक्राउ गरेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले हिमालप्रेसलाई जानकारी दिएको छ। उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन्।

गत साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको नाम जोडिएको छ। उनी यसअघि पनि छानबिनको दायरामा परेका व्यक्ति हुन्। तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई उन्मुक्ति दिएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएसँगै आज उनी पक्राउ परेका हुन्।

 

प्रकाशित: २ चैत २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =