वित्तीय करियरमा सीसीएको विशेष छुट

हिमाल प्रेस ३० फागुन २०८० ११:२८
वित्तीय करियरमा सीसीएको विशेष छुट

काठमाडौँ- सीसीए (सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी) ले वित्तीय करियर क्षेत्रमा लाग्न चाहनेहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ। यस्तो सहुलियतले एसीसीएका स्नातक कार्यक्रमहरू अझ सहज हुने विश्वास सीसीएको छ।

विभिन्न स्नातक कार्यक्रमहरूबाट विद्यार्थीलाई आफ्नो करियरमा अब्बल बन्नका लागि पनि सुव्यवस्थित मार्गप्रशस्त हुने सीसीएले जनाएको छ।

एसीसीए सहुलियत विभिन्न विषयका स्नातकहरूका लागि उपलब्ध छन्। यसमा  ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस), ब्याचलर अफ साइन्स (बीएस्सी), ब्याचलर अफ एजुकेसन (बीएड), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), सूचना प्रविधिमा स्नातक (बीआईटी), ब्याचलर अफ कमर्स (बीकम) लगायतका विभिन्न विषयमा स्नातक कार्यक्रम छन्।

सीसीए र एसीसीएसँग फाइनान्स क्षेत्रमा उत्कृष्ट करियर बनाउने अवसरलाई नबिर्सन एसीसीएले आग्रह गरेको छ। सहुलियत प्रक्रियामा सहजीकरणका लागि एसीसीएका प्रतिनिधिहरू तयार रहेको विज्ञप्तिमा उल्लेख छ। यस्तो सहुलियत पाएपछि स्नातकहरूले आफ्नो करियर अघि बढाउन र देशको आर्थिक विकासमा योगदान दिन सक्ने दाबी सीसीएको छ।

प्रकाशित: ३० फागुन २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =