सरकारविरुद्ध नबोल्नु भन्दै आफ्ना सांसदलाई ओलीको निर्देशन : प्रचण्डलाई विश्वासको मत दिनू

हिमाल प्रेस २९ फागुन २०८० १७:५९
12
SHARES
सरकारविरुद्ध नबोल्नु भन्दै आफ्ना सांसदलाई ओलीको निर्देशन : प्रचण्डलाई विश्वासको मत दिनू

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्। बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्।

साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन्।

ओलीले भने, ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन। सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ। नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,।’

प्रकाशित: २९ फागुन २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =