स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफो नेपाली बजारमा

हिमाल प्रेस २९ फागुन २०८० १७:४०
स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफो नेपाली बजारमा

काठमाडौँ– विश्वव्यापी प्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिजअन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोन बजारमा ल्याएको छ। स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोन उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध छ।

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ। ६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फर्मेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता।

यसले टाइप सी चार्जिङ सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङरप्रिन्ट सुविधा छ। स्मार्ट ८ प्लस ४ जीबी र्‍याम र ६४ जीबी रोममा १३,९९९ रुपैयाँमा उपलब्ध छन्। यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रङमा देशभरका रिटेल स्टोर र इकमर्स प्ल्याट फर्ममा उपलब्ध छन्।

इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ। प्रिमियम डिजाइनसहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ।

उत्कृष्ट पर्फमेन्सका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिङ सपोर्ट गर्दछ र फिंगरप्रिन्ट सुविधा पनि छ। स्मार्ट ८ प्रो ४जीबी र्याम र ६४जीबी रोम तथा ४जीबी र्‍याम  र १२८जीबी रोममा क्रमश: १२,९९९ र १३,४९९ रुपैयाँमा उपलब्ध छन्। यो स्मार्टफोन रेनबो ब्लु, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रङमा देशभरका रिटेल स्टोर र इकमर्स प्ल्याटफर्महरुमा उपलब्ध छन्।

प्रकाशित: २९ फागुन २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =