परराष्ट्रमन्त्री र रुसी राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस २९ फागुन २०८० १४:४२
10
SHARES
परराष्ट्रमन्त्री र रुसी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो।

‘दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ।

भेटमा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए।

यही फागुन २४ गते परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोनमा कुराकानी भएको थियो। टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =