मन्त्री हेरफेरको हल्लासँगै परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

हिमाल प्रेस २० फागुन २०८० १९:१८
112
SHARES
मन्त्री हेरफेरको हल्लासँगै परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो फिनल्याण्ड भ्रमण रद्द गरेका छन्। उड्नु केही घण्टा अघि उनले आफ्नो भ्रमण रद्द गरेका हुन्। यूएन एलडीसीज फ्युचर फोरमको दोस्रो सम्मेलनमा सहभागी हुन उनी अहिले केहीबेरमा फिनल्याण्डको हेलसिंकी जाने तयारी थियो।

फिनल्याण्ड जानु केही घण्टा अगाडि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गर्न बोलाएका थिए। देउवानिवासबाट फर्किएलगत्तै उनले आफू फिनल्याण्ड नजाने जानकारी परराष्ट्र अधिकारीहरुलाई दिएका थिए।

परराष्ट्रमन्त्री भएपछि सानासाना कार्यक्रममा पनि विदेश गइरहने मन्त्रीमा दरिएका साउदले अन्तिम समयमा भ्रमण गर्नुअघि नै मन्त्रालय छोड्न पर्ने भएपछि नगएको हुन सक्ने आशंका गरिएको छ। केही दिनदेखि सत्ता गठनबन्धनमा सरकारका केही मन्त्रीको हेरफेरको विषयमा छलफल चलिरहेको छ।

विशेष गरी प्रतिपक्षी दलले अख्तियार र विभिन्न काण्डमा परेका तीन मन्त्रीको राजीनामा माग गरिरहेको थियो। सत्ता गठबन्धनभित्रै पनि परराष्ट्र, अर्थलगायतका केही मन्त्रीहरू असफल भएको भन्दै उनीहरूलाई फेर्ने माग भइरहेको थियो। भ्रमण रद्द भएसँगै परराष्ट्रमन्त्री हेरफेर हुन सक्ने आशंका गरिएको छ।

भ्रमण रद्द हुनुअघि जारी गरिएको भ्रमणसम्बन्धी विज्ञप्ति।

 

प्रकाशित: २० फागुन २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =