पीएनजीलाई हराउँदै नेपाल त्रिदेशीय शृंखलाको फाइनलमा

हिमाल प्रेस २९ फागुन २०८० १०:३०
14
SHARES
पीएनजीलाई हराउँदै नेपाल त्रिदेशीय शृंखलाको फाइनलमा

काठमाडौँ- हङकङमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध नेपालले ८५ रनको जित निकालेको छ।

यो जितसँगै नेपाल त्रिदेशीय शृंखलाको फाइनल पुगेको छ।

पीएनजी १६.२ ओभरमा ११३ रन बनाउँदै अलआउट गर्दै नेपाल फाइनल पुगेको हो। नेपालका लागि कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिए।

प्रतिस जीसीले २ विकेट, आकाश चन्द र गुल्सन झाले समान एक/एक विकेट लिए।

पीएनजीका टोनी उराले १३ रन जोडे भने सेसे बाउ १२ रन जोड्दै पेभेलियन फर्किए। त्यस्तै असद भालाले ९ रन जोड्दा हिरीहिरीले २८ रन बनाए।

त्यस्तै लेगा सैकाले ५, कार्लेस अमिनीले ९, किप्लिन दोरिगाले ८ रन जोड्दा नोर्मान भानुआ खातै नखोली पेभेलियन फर्किए। त्यस्तै नोसैना पोकनाले १२ रन र जोन कारिकोले २ रन जोडेर आउट हुँदा ज्याक गार्डनर शून्य रनमा नटआउट रहे । पीएनजीले एक्स्ट्रा ६ रन पाएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए।

सन्दीप जोराले ५६ रन, विनोद भण्डारी २७ रन, कप्तान रोहित पौडेल १ रन बनाउँदै आउट भए।

त्यस्तै आरिफ शेखले ७ बलको सामना गर्दा ४ रन बनाए भने ६ बल खेलेका लोकेश बम १४ रनमा रनआउट भए। १२ बल खेलेका गुल्सन झा १५ रनमा र ४ बल खेलेका विवेक यादव १९ रनमा अविजित रहे । नेपालले एक्स्ट्रा ३ रन पाएको थियो।

बलिङतर्फ पपुवा न्युगिनीका असद भालाले २ विकेट लिए भने नोसिना पोकना, जोन कारिको र नोरमान भानुवाले समान १र१ विकेट लिए।

त्रिदेशीय शृंखलामा नेपाल, हङकङ र पीएनजी छन्। जसअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको थियो। उक्त खेलमा नेपाल र हङकङले अंक बाँडेका थिए।

नेपालले दुई खेलमा तीन अंक जोड्दै फाइनलमा पुगेको हो। नेपालसँग पराजित भएको पपुवा न्यूगिनीले आजै केही समयपछि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

उक्त खेलमा विजयी हुने टोलीले नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २९ फागुन २०८० १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =