यूके युनिभर्सिटी मिट आयोजना हुँदै

हिमाल प्रेस २८ फागुन २०८० १७:४८
56
SHARES
यूके युनिभर्सिटी मिट आयोजना हुँदै

काठमाडौँ- बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्ष्य गरी काठमाडौँमा यूके युनिभर्सिटी मिट आयोजना हुने भएको छ। युनिभर्सिटी मिट वेद इन्टरनेसनल एजुकेसनको आयोजना चैत २९ गते हुन लागेको हो।

अध्ययनका लागि बेलायत जान चाहेका विद्यार्थी सही जानकारी नपाउँदा अन्योलमा पर्ने गरेकाले मिट आयोजना गर्न लागिएको वेद इन्टरनेसनल एजुकेसनका सीईओ आसिक कार्कीले बताए।

उनले भने, पछिल्लो समयमा अध्ययनका लागि यूक एक राम्रो गन्तव्य बनिरहेको विद्यार्थीलाई थाहै छ। कतिपय विद्यार्थी सही सूचना पाउन वञ्चित भइरहेका छन्।’

यसै समस्यालाई चिर्न वेद इन्टरनेसनल एजुकेसनले मेला आयोजना गर्न लागेको उनको भनाइ छ। कार्कीका अनुसार एक्स्पो काठमाडौँको पुतलीसडकस्थित वेद इन्टरनेसनलको प्रांगणमा बिहान १० बजेदेखि  हुन लागेको हो। उक्त एक्स्पोमा बेलायतका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।

बेलायतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट गरेर जानकारी लिन पाइने भएकाले मेलाकाे नाम यूके युनिभर्सिटी मिट राखिएको कार्कीले बताए।

प्रकाशित: २८ फागुन २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =