‘द रेड सुटकेस’को पोस्टर सार्वजनिक

हिमाल प्रेस २८ फागुन २०८० १७:००
10
SHARES
‘द रेड सुटकेस’को पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मको मुख्य कलाकार सृष्टि श्रेष्ठ, सौगात मल्ल र विपिन कार्कीको ‘क्यारेक्टर पोस्टर’ देख्न सकिन्छ।

आगामी चैत ३० मा प्रदर्शन गर्ने भनिएको फिल्ममा फिल्ममा आप्रवासी नेपाली कामदारको कथामा आधारित छ। फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्म सुशन प्रजापतिले छायांकन र समन अलभितिगाले सम्पादन गरेका हुन्।

यो फिल्म ८० औं भेनिस फिल्म फेस्टिभल र स्वीट्जरल्याण्डको जुरिच सिनेमा महोत्सवमा प्रिमियर गरिएको थियो।

प्रकाशित: २८ फागुन २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =