एमसीडोडोका दुई आकर्षक इयरबर्ड नेपालमा

हिमाल प्रेस २७ फागुन २०८० १५:४९
2
SHARE
एमसीडोडोका दुई आकर्षक इयरबर्ड नेपालमा

काठमाडौँ- विश्वव्यापी रूपमा आईफोनका लागि एक्सेसरिज बनाउँदै आएको प्रसिद्ध ब्रान्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड- एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ। यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्नेछन्।

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेसन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ। भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कललगायतका विशेषता उपलब्ध छन्।

एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री छ भने यसको चार्जिङ केस ३०० एमएएचको छ। यसले टाइप-सी चार्जिङ समर्थन गर्दछ। निकै आकर्षक कालो रङमा उपलब्ध यस इयरबर्डको मूल्य ४,८८० रूपैयाँ छ।

अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ। यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ केस ३०० एमएएचकोे छ। एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले ३,७८५ रूपैयाँमा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा किन्न पाउनेछन्।

प्रकाशित: २७ फागुन २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =