टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ मा मह

हिमाल प्रेस २६ फागुन २०८० ११:३४
टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ मा मह

काठमाडौँ– नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताका क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन्।

प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महट्टत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए।

प्रकाशित: २६ फागुन २०८० ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =