सेरेसको नयाँ सोरुम नक्सालमा

हिमाल प्रेस २६ फागुन २०८० ११:११
सेरेसको नयाँ सोरुम नक्सालमा

काठमाडौँ- नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौँको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ।

सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सी र यी पाङ तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ सोरुम उद्घाटन गरेका हुन्।

नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने प्रतिबद्धता सेरेसले गरेको छ। उद्घाटन समारोहमा एमएडब्लू वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो। सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी हो।

सेरेसले यसअघि काठमाडौँ उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौँबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ। निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगन्ज, , चितवन र भक्तपुरमा पनि सोरुम खोल्न लागेको अटोकर्पले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =