सहरमा आजः

दुई नाटकसहित हलमा ६ फिल्म

हिमाल प्रेस २६ फागुन २०८० ६:३०
12
SHARES
दुई नाटकसहित हलमा ६ फिल्म

काठमाडौँ- फागुनको अन्तिम शनिबार। यो साता उपत्यका दुई नाटक मञ्चन र हलमा नेपाली र विदेशीसहित ६ फिल्म प्रदर्शनरत छ।

नाटकघरमा साहित्यकार बालकृष्णको चर्चित नाटक ‘अन्धवेग’ र गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनी’आधारित नाटक ‘झोडा’मञ्चन भइरहेको छ।
हलमा नेपाली फिल्म ‘काँडेतार’, ‘रङ्गेली’, ‘उपहारः द जर्नी अफ लाइफ’ र ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ चलिरहेको छ। त्यस्तै विदेशी फिल्म ‘शैतान’ र ‘कङफु पाण्डा ४’सहित क्यूएफएक्समा ‘ड्युन २’ र ‘तेरी बातों मे ऐसा उलझा जिया’ चलिरहेको छ।
मण्डलामा ‘अन्धवेग’

थापागाउँस्थित मण्डला थिएटरमा नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ मञ्चन भइरहेको छ। सन १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। पारिवारिक कथामा आधारित नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष परिणामलाई देखाइएको छ।

रंगकर्मी प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार वियोगान्त नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की र सन्तोष गिरिको अभिनय छ।
नाटक चैत १८ गतेसम्म चल्ने नाटक शनिबार दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे मञ्चन हुनेछ।

शिल्पीमा ‘झोडा’

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा फागुन ११ देखि नाटक ‘झोडा’मञ्चनको आज अन्तिम दिन हो। नाटक दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुनेछ। नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ।

नाटक साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनी’ मा आधारित छ। नाटकको परिकल्पना र निर्देशन चेतन आङथुपोले गरेका छन्।
२०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समयलाई नाटकमा प्रस्तुत गरिएको छ।

नाटकमा मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ।
नाटकको नाट्य रूपान्तरण सुमन लिङदेनले गरेका छन्। नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन्।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनरते छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।
कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्।
प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रजी फिल्म

काँडेतार
फागुन २५ देखि नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ प्रदर्शन भइरहेको छ। फिल्ममा नेपालको सीमाअतिक्रमणको विषय उठान गरिएको छ। नेपाल र भारतको सीमाना काँडेतार लगाइनुपर्छ भन्ने विषयमा आधारित छ।
निर्देशक नवलसहित फिल्ममा गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरि, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरि, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भनटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको ४ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘काँडेतार’ चलिरहेको छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स फिल्म ‘काँडेतार’ चलिरहेको अन्य हल हुन्।

रङ्गेली
फागुन २५ देखि नै प्रदर्शन भएरहेको फिल्म ‘रङ्गेली’ शक्तिको खेलमा आधारित छ। फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको ६ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘रङ्गेली’ चलिरहेको छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स फिल्म ‘रङ्गेली’ चलिरहेको अन्य हल हुन्।

उपहारः द जर्नी अफ लाइफ

फागुन २५ देखि ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ हलमा प्रदर्शन भइरहेको छ। अनाधिकृत संरचनामा व्यावसाय सञ्चालन गर्दै आएकी महिलाले भोग्नुपरेको समस्यालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।
फिल्ममा प्रेम, रोदन, पीडा र कमेडी मिश्रित फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको ६ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा फिल्म ‘उपहार’ चलिरहेको छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘उपहार’ चलिरहेको अन्य हल हुन्।

कङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको २० सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा हलिउड फिल्म ‘कुङफु पाण्डा ४’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स हलिउड फिल्म ‘कुङफु पाण्डा ४’ चलिरहेको अन्य हल हुन्।

शैतान

थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन। फिल्म फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको २० सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘शैतान’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स बलिउड फिल्म ‘शैतान’ चलिरहेको अन्य हल हुन्।

अगस्त्य

फागुन १८ गतेदेखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।
फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रवीन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र छाया सेन्टरमा फिल्मको पाँच सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘अगस्त्य’ चलिरहेको छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स फिल्म ‘अगस्त्य’ चलिरहेको अन्य हल हुन्।

ड्युन २

फागुन ११ देखि डेनिस भिलेनुएभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ नेपालमा प्रदर्शन भइरहेको छ। साइन्स फिक्सन जनरामा बनेको फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ।
एक्सन, एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फग्र्युसनलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

तेरी बातों मे ऐसा उलझा जिया

नेपाली हलमा बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ प्रदर्शन भइरहेको छ। प्रेमकथामा आधारित फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ। फिल्म अराधना शाह र अमित जोशीले निर्देशन गरेका हुन्।
शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्समा फिल्मको सो छ।

प्रकाशित: २६ फागुन २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =