सानिमा बैंकको चाडपर्व विशेष योजना

हिमाल प्रेस २५ फागुन २०८० १७:३८
सानिमा बैंकको चाडपर्व विशेष योजना

काठमाडौँ– सानिमा बैंकले ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

छुटका लागि ग्राहकहरुले आफूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ। योजना फागुन२५ देखि लागू हुनेछ। छुट प्राप्त गर्न ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ सम्म आवेदन दिनुपर्नेछ।

साथै घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ। उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङएप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित: २५ फागुन २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =