‘अगस्त्य’को गीत ‘रोइ रहूँ जस्तो लाग्छ’

हिमाल प्रेस २५ फागुन २०८० १७:४८
30
SHARES
‘अगस्त्य’को गीत ‘रोइ रहूँ जस्तो लाग्छ’

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘अगस्त्य’को गीत ‘रोइ रहूँ जस्तो लाग्छ’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो। एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म गत शुक्रबार अर्थात् फागुन १८ देखि प्रदर्शन भइरहेकाे छ। एक्सन र  थ्रिलर जनरामा बनेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाललगायतका कलाकारको अभिनय छ।

यस्ताे छ गीत

 

 

 

 

प्रकाशित: २५ फागुन २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =