२१ वर्षीया श्रीमतीको कुटेर हत्या गरेको आरोपमा सन्तोष पक्राउ

हिमाल प्रेस २५ फागुन २०८० १६:५२
16
SHARES
२१ वर्षीया श्रीमतीको कुटेर हत्या गरेको आरोपमा सन्तोष पक्राउ

काठमाडौँ- भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेल छन्। उनीमाथि २१ वर्षीया श्रीमती पवित्रा राईको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट डेरा गरी बस्ने सन्तोषले बिहीबार बेलुका श्रीमतीलाई कुटपिट गरेका थिए। सन्तोषको कुटपिटबाट घाइते भएकी राईको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।

पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रकाशित: २५ फागुन २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =