भाटभटेनी सुपरमार्केटको २७ औँ आउटलेट दमकमा

हिमाल प्रेस २४ फागुन २०८० १५:५०
भाटभटेनी सुपरमार्केटको २७ औँ आउटलेट दमकमा

काठमाडौँ- रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औँ आउटलेट झापाको दमकमा खुलेको छ। कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो।

सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो। उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको छ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केट देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेको समूहले जनाइको छ।

सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब १२० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मिएका मीनबहादुर गुरुङले सुरु गर्नुभएको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमा उभिएको छ।

करिब पाँच हजारजना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपरमार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुन्छ। देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सवा लाख जति ग्राहक पुग्छन्।

प्रकाशित: २४ फागुन २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =