परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशी मन्त्री सर्गेइसँग टेलिफोन संवाद गर्दै

हिमाल प्रेस २४ फागुन २०८० १३:०७
4
SHARES
परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशी मन्त्री सर्गेइसँग टेलिफोन संवाद गर्दै

काठमाडौँ- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन्।

अहिले १:१५ बजे उनले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग संवाद गर्ने समय तय भएको पररष्ट्र मन्त्रालयले जनाएको छ।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सासंदमा जानकारी गराएका छन्। रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग कुराकानी गर्न लागेको पररष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग टेलिफोन गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २ सय ५० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन्।

यस्तै, रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायतका विषयमा छलफल हुने र त्यहाँ भएका नेपाली फकाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ फागुन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =