साफ यू-१६ को फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

हिमाल प्रेस २४ फागुन २०८० ९:१७
24
SHARES
साफ यू-१६ को फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौँ साफ यू-१६ महिला फुटबल च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले भारतको सामना गर्दैछ। ललितपुरको एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने हुँदा दुवै टोली जितसहित बंगलादेशसँगको उपाधि भिडन्त पक्का गर्ने लक्ष्यमा हुनेछन्। दुवै टोलीले समान २-२ खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्।

पहिलो खेलमा बंगलादेशसँग २-० ले स्तब्ध भएको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो।

भारतले भुटानलाई ७-० ले पराजित गर्दा बंगलादेशविरुद्ध ३-१ को हार बेहोरेको थियो। सुरुवाती दुवै खेल जितिसकेको साविक उपविजेता बंगलादेश फाइनल पुगिसकेको छ।

उसले प्रतियोगिताबाट बाहिरिसकेको भुटानसँग खेल्न बाँकी छ।

नेपाल प्रतियोगिताको साविक विजेता हो।

प्रकाशित: २४ फागुन २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =