रास्वपाले पायो गृहसहित चार मन्त्रालय

हिमाल प्रेस २३ फागुन २०८० १३:३९
150
SHARES
रास्वपाले पायो गृहसहित चार मन्त्रालय रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- पुष्पकमल दाहाल नेतृत्वको सरकार गठनका लागि बनेको नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने मन्त्रालयको टुंगो लागेको छ। रास्वपाले गृहमन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालय पाएको रास्वपा सचिवालयले जनाएको छ। रास्वपाले यी मन्त्रालयमा ककसलाई पठाउने भन्नेबारे टुंगो लगाएको छैन। रास्वपाबाट सोमबार डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन्।

फागुन २१ गतेबाट कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको गठबन्धन बनेको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाको नयाँ गठबन्धन बनेको हो। नयाँ गठबन्धनबीच एमालेले ६, माओवादीले ६, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने गरी सहमति भएको छ। गठबन्धनका अन्य दलले कुन कुन मन्त्रालय पाउने भन्ने औपचारिक सहमति हुन बाँकी छ।

प्रकाशित: २३ फागुन २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =