भिभो भी ३०: नवीन स्मार्टफोनको नयाँ अध्याय

हिमाल प्रेस २३ फागुन २०८० १२:५६
भिभो भी ३०: नवीन स्मार्टफोनको नयाँ अध्याय

काठमाडौँ- बहुप्रतीक्षित स्मार्टफोन भिभो भी३० आकर्षक विशेषतासहित आधिकारिक रूपमा नेपालमा सार्वजनिक भएको छ। औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी ३० को मूल्य ६० हजार ९९९ रुपैयाँ छ। यसले स्मार्टफोन फोटोग्राफीमा क्रान्तिकारी रूपमा परिवर्तन गर्ने भिभो नेपालले जनाएको छ।

यसमा ५० मेगापिक्सलको अटोफोकस अल्ट्रा वाइड-एंगल क्यामेरा छ जसले ग्रुपको विशेष क्षण र कम-प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्दछ। यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैनन्।

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की-स्मुथ १२० हर्जको रिफ्रेस रेट रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भिभोले प्रि-बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा अझै मिठास थपेको छ। भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि-बुकिङ खुल्ला गरेको हो।

कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताले रु ३००० मा प्रि-अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन्। ग्राहकले मार्च १४ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन्।

प्रकाशित: २३ फागुन २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =