खनालले भेटे प्रधानमन्त्री

हिमाल प्रेस २३ फागुन २०८० ८:४९
6
SHARES
खनालले भेटे प्रधानमन्त्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । उनी बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन् ।

मंगलबार प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

नेपालले पार्टीको बैठकबाट आवश्यक निर्णय लिने जवाफ फर्काएका थिए । आजै सो पार्टीको बैठक बस्न लागेको सन्दर्भमा खनाल प्रम भेट्न पुगेका हुन् ।

 

प्रकाशित: २३ फागुन २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =