साफ यू-१६ महिला च्याम्पियनसिप : दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

हिमाल प्रेस २१ फागुन २०८० ८:१०
28
SHARES
साफ यू-१६ महिला च्याम्पियनसिप : दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ- साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपाल दोस्रो खेलमा आज (सोमबार) भुटानसँग भिड्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

आजको खेलमा नेपाल र भुटान दुवै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछन्। पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित नेपाल दोस्रो खेल जितेर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

पहिलो खेलमा भारतसँग ७-० ले पराजित भुटान पनि पहिलो जित हासिल गर्दै अघि बढ्न चाहन्छ।

चार देश सहभागी च्याम्पियसिपमा शीर्ष २ मा पुग्ने टोलीले फाइनल खेल्न पाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =