ऋण प्रवाह र असुली दुवैमा समस्या भयो : गभर्नर अधिकारी

हिमाल प्रेस २० फागुन २०८० १८:०९
14
SHARES
ऋण प्रवाह र असुली दुवैमा समस्या भयो : गभर्नर अधिकारी प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक सुरक्षित रहेको बताएका छन्।  प्रतिनिधिसभाअन्तर्गतको आइतबार बसेको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन्।

उनले नेपालका बैंकहरुको अवस्था हेरेर नै विदेशी बैंकले नेपाललाई विश्वास गरिरहेको धारणा राखे। गभर्नर अधिकारीले भने, ‘ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्ला बजारमा चलाइएकाले ऋण असुलीमा केही समस्या देखिएको छ।’ असम्भव आश्वासनले कर्जा प्रवाह र असुली दुवैमा समस्या रहेको उनले बताए।

अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै अधिकारीले अराजकता रोक्न नसके सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए।

बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रुपमा आक्रमण भइरहेको भन्दै यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। गभर्नर अधिकारीले अहिले बैंकसंग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराब कर्जा ३.४० प्रतिशत पुगेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =