छड कारखाना निरीक्षणमा जाँदै संसदीय समिति

हिमाल प्रेस २० फागुन २०८० १६:२९
10
SHARES
छड कारखाना निरीक्षणमा जाँदै संसदीय समिति संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पन्ज आइरन र विलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पन्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो। फलामे छडको कच्चा पदार्थका रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अब्दुल खानले जानकारी दिए।

बैठकले स्पन्ज आइरन र विलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर कायम गर्न गुणस्तर तथा नापतौल बिभागलाई निर्देशन दिने निर्णय गरेको छ। त्यस्तै स्पन्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थ मन्त्रालयसँग जानकारी लिने निर्णय भएको खानले बताए।

बैठकमा फलामे छडको कच्चा पदार्थका रुपमा रहेको स्पन्ज आइरन र विलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधिहरुसँग छलफल भएको थियो। उनीहरुले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरुले स्पञ्ज आइरन र विलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए।

प्रकाशित: २० फागुन २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =