संक्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिन्छ : गृहमन्त्री

हिमाल प्रेस १९ फागुन २०८० १३:४७
4
SHARES
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिन्छ : गृहमन्त्री

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गोरखा पत्रकार समाजका पदाधिकारीहरूसँग आज भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताए। साथै उनले लागुपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको बताएका छन्।

सञ्चारक्षेत्रले युवावर्गमा बढ्दो लागुपदार्थ सेवनप्रतिको कुलत अन्त्य गर्न पालिकास्तरबाटै चेतना अभिवृद्धिका गतिविधिमा सघाउनुपर्ने बताए।

उनले बेरोजगारीका कारण युवावर्ग कुलतमा फसेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न सञ्चारकर्मीले अभिप्रेरित गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ फागुन २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =