वाफका उपविजेता टोलीका सदस्यहरूलाई एन्फाले जनही ५१ हजार दिने

हिमाल प्रेस १९ फागुन २०८० ५:३९
26
SHARES
वाफका उपविजेता टोलीका सदस्यहरूलाई एन्फाले जनही ५१ हजार दिने

काठमाडौँ- वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीका सदस्यहरूलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनही ५१ हजार रूपैयाँ दिने भएको छ।

वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा शुक्रबार राति त्रिभुवन विमानस्थलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले गरे।

खेलाडीहरूलाई स्वागतका क्रममा एन्फाका अध्यक्ष नेम्वाङले भने, ‘सोमबार खेलाडीहरूको मोबाइलमा घन्टी बज्छ।’

आमन्त्रित टोलीका रुपमा पहिलो पटक सहभागी भएको नेपाली टोली वाफको फाइनलमा टाइ ब्रेकर गर्दा जोर्डनसँग ५–३ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। यस्तोमा नेपालले ११ औँ फाइनल खेलेर पनि उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ।

 

प्रकाशित: १९ फागुन २०८० ५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =