कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलबीच सम्झौता

हिमाल प्रेस १८ फागुन २०८० १७:४३
कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलबीच सम्झौता

काठमाडौँ- कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन्। सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १८ फागुन २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =