मोरङमा टिपर, बस र जिप ठोक्कियो, दुईजनाको मृत्यु

हिमाल प्रेस १८ फागुन २०८० ९:३७
28
SHARES
मोरङमा टिपर, बस र जिप ठोक्कियो, दुईजनाको मृत्यु

इटहरी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा टिपर, बस र जिप एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु र तीनजना घाइते भएका छन्।

बेलबारी नगरपालिका १ र ३ को सिमानामा आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको थियो। बसलाई ठक्कर दिएपछि अनियन्त्रित टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना जिपमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र घटनास्थलमा पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनीहरू दुबै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

दुर्घटनामा झापाको कमल गाउँपालिका २ की ५० वर्षीया गायत्री भट्टराई, सोही ठाउँका का ५५ वर्षीय हरि खनाल र घटनास्थलमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतक र घाइते सबै जिपमा सवार रहेको प्रहरीको भनाइ छ। बसमा सवार सबै सकुशल छन्।

प्रहरीका अनुसार दुर्घटनामा परेर जिप पूर्णरूपमा क्षतिग्रस्त बनेको छ। दुर्घटनालगत्तै मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २३ वर्षीय टिपर चालक चन्द्रबहादुर विक र सुन्दरहरैँचा १२ का ४५ वर्षीय बस चालक छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ फागुन २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =