इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण हुने

हिमाल प्रेस १७ फागुन २०८० १६:३१
10
SHARES
इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण हुने

इटहरी- इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ। इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह चालू आर्थिक वर्षमा निर्माण गरिने भएको उपमहानगरले जनाएको छ।

बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको मुक्तिघाट किनारमा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो।

विपन्न तथा गरिबहरूलाई दाउरा किन्न महङ्गो पर्ने र शव जल्नका लागि समय धेरै लाग्ने भएकाले विद्युतीय दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर पौडेलले बताए। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा शव जलिसक्ने बताइएको छ।

इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शव दाह निर्माण भइसकेपछि कोशेढुंगा साबित हुने मेयर पौडेलको दाबी छ।

करिब तीन करोड ५० लाखको लागतमा बन्ने विद्यतुीय दाहसंस्कार स्थलका लागि कोसी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको बताइएको छ। तत्काल विद्युतीय शवदाह निर्माण सुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समितिसमेत गठन गरिएको छ।

प्रकाशित: १७ फागुन २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =