शिक्षा ऐन आउनेमा आशावादी हुन सकिन्छ : शिक्षा राज्यमन्त्री प्रमिला

हिमाल प्रेस १७ फागुन २०८० १५:५१
2.3k
SHARES
शिक्षा ऐन आउनेमा आशावादी हुन सकिन्छ : शिक्षा राज्यमन्त्री प्रमिला फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक–२०८० संसद्मा विचाराधीन रहेकाले ऐनको रूपमा आउनेमा आशावादी हुन सकिने बताएकी छन्। पूर्वशिक्षिका प्रमिला कुमारीले बुधबार रासससँग कुरा गर्दै यस्ताे बताएकी हुन्।

उनले सरकारको राज्यमन्त्री मात्रै भएकाले मन्त्रिपरिषद्मा हुने छलफलबाट अलग हुने भएकाले विधेयकहरू किन आउन सकेनन् भन्नेबारेमा आफूले जवाफ दिन नसक्ने तर कार्यकाल सकिन लाग्दा कसैलाई दोषारोपण र तीतो पोख्ने पक्षमा आफू नरहने बताइन्।

शिक्षा क्षेत्रका विद्यालय शिक्षासम्बन्धी, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक र नेपाल विश्वविद्यलायसम्बन्धी विधेयक विचाराधीन रहेकाले आशावादी हुने ठाउँ रहेको उनको भनाइ छ।

योगमाया विदुषी आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक यसअघि नै पारित भइसकेको छ।

विद्यालय शिक्षा विधेयकबारे कुरा सुन्नेमात्रै काम भएको छ : समिति सदस्य विद्या भट्टराई [भिडिओसहित]

शिक्षकको पेसागत माग शिक्षा विकाससँग जोडिएको छ : लक्ष्मीकिशोर सुवेदी [अन्तर्वार्ता]

शिक्षा विधेयकमा हाम्रा माग नसमेटिए आन्दोलनको आँधीबेहरी ल्याउँछौँ : राहत शिक्षक

विद्यालय शिक्षा विधेयक ‘पारित हुनेमा शंका’, दबाबमूलक कार्यक्रममा जुट्यो महासंघ

प्रकाशित: १७ फागुन २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =