सावित्राबिनै उपाधिका लागि भिड्दैछ नेपाली महिला टोली

हिमाल प्रेस १७ फागुन २०८० ८:००
32
SHARES
सावित्राबिनै उपाधिका लागि भिड्दैछ नेपाली महिला टोली

काठमाडौँ- पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनल आज हुँदैछ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। उपाधिका लागि नेपाल र जोर्डन भिड्दैछन्।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।

समूह ‘बी’को नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो। लेबनानले गुआम साउदी अरब र लेलबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा ‘डेब्यू’ खेल हो।

डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

तर यो खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले खेल्ने छैनन्।

जोर्डनसँग नेपालले जिते इतिहास कायम हुनेछ। आजसम्म नेपाली महिला टोलीले फुटबलको अन्तर्राष्ट्रिय उपाधि जितेको छैन। यसकारण पनि आजको खेल महत्वपूर्ण छ।

सावित्रा यस प्रतियोगितामा लय रहेकी खेलाडी हुन्। जारी प्रतियोगितामा मात्रै ९ गोल गरेकी छन्। उनको अभाव टिममा पर्ने निश्चित छ।

 

 

प्रकाशित: १७ फागुन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =