भ्रष्टाचारको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

हिमाल प्रेस १५ फागुन २०८० १७:४२
4
SHARES
भ्रष्टाचारको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन सार्वजनिक लेखा समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार अख्तियारका पदाधिकारीसँग छलफल गर्दै समितिले आर्थिक अनियमिततालगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथिसमेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको हो।

बैठकले अख्तियारले अनुसन्धान गर्ने क्रममा सूचना आदानप्रदान गर्न बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुने भएकाले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय गरीर सदनबाट अनुमोदन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

समितिले अख्तियारले सुरु गरेको अनुसन्धान ढिलो हुँदा नागरिकका आशंका उत्पन्न हुने भएको अनुसन्धान कार्यलाई समयमा नै निष्कर्षमा पुर्‍याउन अख्तियारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १५ फागुन २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =