वाफ च्याम्पियन : फाइनलको ढोका खोल्न लेबनानसँग भिड्दै नेपाली महिला टोली

हिमाल प्रेस १५ फागुन २०८० ७:५२
74
SHARES
वाफ च्याम्पियन : फाइनलको ढोका खोल्न लेबनानसँग भिड्दै नेपाली महिला टोली

काठमाडौँ- वेष्ट एसियन फुटबल महासंघ (वाफ)मा आज नेपाली महिला टोलीले लेबनानसँग फाइनल प्रवेशका लागि खेल्दैछ। समूह चरणमा शतप्रतिशत जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

समूह ‘बी’को विजेता टोली नेपाल र समूह ‘ए’को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लागेको हो।

वाफ च्याम्पियनमा पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५–० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो।

लेबनान समूह ‘ए’ को उपविजेता हो। खेल नेपाली समय अनुसार राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ।

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन् ।

आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन्। नेपालले यसपटक उपाधिको दाबेदार भनेको छ। यदि यसपल्ट नेपाली महिला टोलीले उपाधि हासिल गरे इतिहास कायम हुनेछ। यसअघि नेपाली महिला टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितमा उपाधि हासिल गरेको छैन।

प्रकाशित: १५ फागुन २०८० ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =